स्वास्थ्य संग सम्बन्धित बिषय अध्ययन हुने हेल्थ इन्स्टिच्युटमा अध्यापनमा सलग्न प्राध्यापकहरुले प्रोफेसनल काउन्सिल नम्बर लेख्दा हुने फाइदाहरु
- गैर स्वास्थ्य ब्यबसायी प्राध्यापकहरुले हेल्थ प्रोफेसन संग सम्बन्धित बिषयहरुमा अध्यापन गर्न नपाइने
- अध्ययन गर्ने बिद्यार्थीहरुले सजिलै उनीहरुलाई अध्यापन कार्यमा सलग्न प्राध्यापकहरु प्रोफेसनल काउन्सिलमा दर्ता भएको हो वा होइन छुट्याउन सजिलो हुने
- गैर स्वास्थ्य ब्यबसायी प्राध्यापकहरुले हेल्थ प्रोफेसन संग सम्बन्धित बिषयहरुमा अध्यापन गराउदा गलत किसिमको जानकारी बिद्यार्थीहरुको मानसपटलमा बस्छ र त्यसले स्वास्थ्य सेवामा पछिसम्म पनि बिकृति देखा पर्दछ
- स्वास्थ्य शिक्षामा गुणस्तरीय शिक्षाको साथ साथै ब्यबसायी शिक्षालाई पूर्ण रुपमा प्रत्याभूति गर्नको लागि
- ब्यबसायिक शिक्षाको गुणस्तर कायम राख्नको लागि
- सम्बन्धित स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मी लाई सम्बन्धित बिषयमा अध्यापन गराउदा विद्यार्थीहरुलाई उचित ब्यबसायिक ज्ञान हासिल गर्न मदत पुग्ने भएकोले
- प्राक्टिकल कापीमा नाम, डिग्री, काउन्सिल नम्बर लेखेको अबस्थामा, काउन्सिलमा रेजिस्टर भएको अबस्थामा र हेल्थ प्रोफेसनलले आफ्नो कोड ओफ इथिक्स भित्र रही हेल्थ केयर सम्बधि काम गर्न प्रेरणा दिने गरेमा चिकित्सा सेवा अझ ब्यबस्थित हुने
तसर्थ ब्यबसायिक शिक्षालाई गुणस्तरीय एबं मयार्दित बनाउन र अनावश्यक अप्ठेरो बाट जोगिन्न नाम, डिग्री र प्रोफेसनल काउन्सिल नम्बर अध्ययन तथा अध्यापन कार्यमा पनि लेख्न सुरवात गरि शैक्षिक एबं स्वास्थ्य ब्यबसायिक शिक्षा लाई गुणस्तरीय बनाउन सहयोग गरौ